विश्व

कङ्गोमा भारी बर्षाका कारण तीन सय जनाको मृत्यु

किन्सासा। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा तीन सय जनाको मृत्यु भएको एक मन्त्रीले शुक्रबार बताउनुभएको छ ।

सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धता मन्त्री मुटिङ्गा मुतुइशायीले विपद् कम्तिमा ४३ हजार सात सय ५० घरहरु भत्किएको बताउनुभएको छ ।

उहाँले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिमबारे पनि चेतावनी दिनुभयो ।

मन्त्रीले कङ्गोली अधिकारीहरूलाई मानवीय टोलीहरूलाई सहयोग गर्न अन्तराष्ट्रिय एकताको लागि आह्वान गर्दै पीडितहरूलाई मद्दत गर्न तुरुन्तै कोष जारी गर्न आग्रह गर्नुभयो ।सिन्ह्वा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *