राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय आलोकनगरमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उम्मेदवार तय गर्ने लगायतका एजेण्डा रहेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टी सङ्गठन निर्माणमा योगदान, क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई कार्यविधिका आधारमा उम्मेदवार छनोट गर्ने तयारी गरिएको छ। यस्तै विधान संशोधनबारे पनि बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख खतिवडाले बताए।

यसअघि शुक्रबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *