काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ नयाँ भिरेअन्टको जोखिम बढ्न नदिन व्यवस्थापनमा जुटिरहेका जनाएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै हाल विश्वका केहि देशहरुमा कोभिड – १९ संक्रमणको नयाँ जे एन– १ को जोखिम बढीरहेको र छिमेकी देशहरुमा पनि संक्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको जनाएको हो ।
पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोनको नयाँ भेरिअन्ट जे एन– १ हालसम्म नेपालमा पुष्टि नभएको समेत मन्त्रालयले जनाएको छ ।





