देश

सन्दीपविरुद्धको मुद्धा आजपनि हेर्दाहेर्दैमा, विहिबार पनि सुनुवाई हुने

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइ जारी रहेको छ ।

बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । आइतबारदेखि सन्दीपविरुद्धको यस मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ भइरहेको छ ।

बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरेका छन् । सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ ।

२०७९ भदौमा लामिछानेविरुद्ध नाबालिग बलात्कारको आरोप लागेपछि अहिलेसम्म ३३ पटक पेसी सरेर यो मुद्धा अन्तिम चरणमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *