काठमाडौं । देशभरका उच्च अदालत र इजलासमा आइतबारदेखि स्वचालित पेसी प्रणाली लागू हुने भएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज यसको शुभारम्भ गर्दैछन् । सर्वोच्च अदालत प्रशासनले आइतबार बिहान ११ बजे पाटन उच्च अदालतबाट प्रधानन्यायाधीश श्रेष्ठले यसको शुभारम्भ गर्ने जनाएको छ ।
यसअघि गोलाप्रथा प्रक्रियाद्वारा पेसी तोकिने गरेकोमा स्वचालिक पेसी तारेख व्यवस्थापन प्रणाली लागू गर्न लागिएको हो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा विद्यमान पेसीको विकृति तथा विसंगति हटाउन स्वचालित प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको थियो । सोही सुझाव पछ्याउँदै सर्वोच्च अदालतले गत भदौ ११ मा स्वचालित पेशी प्रणाली लागू गरेको थियो ।
स्वचालित पेसी प्रणाली लागू भएमा न्यायिक सेवा चुस्त र प्रभावकारी बन्ने सर्वोच्चको बुझाई छ ।




