राजनीति

नेकपा एसको सचिवालय बैठक सुरु

काठमाडौ। नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक काठमाडौँमा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो ।

आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले राससलाई जानकारी दिए । उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ । गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *