राजनीति

प्रस्तावित न्यायाधीश ढुंगानाद्वारा कार्ययोजना प्रस्तुत

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाले आफ्नो कार्ययोजना पेस गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति बैठकमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।

सर्वोच्चको न्यायाधीश हुने योग्यता कानुनमा स्नातक भएको भन्दै उनले आफू कानुनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ समेत भएको जानकारी गराए ।

आफूसँग नौ पूर्वप्रधानन्यायाधीश र पाँच पूर्वन्यायाधीशको सहायक भएर सर्वोच्चको फैसला लेखनकार्य गरेको अनुभव रहेको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *