विश्व

युक्रेन ईयूमा सामेल हुन अझै धेरै प्रक्रिया बाँकी छ : फ्रान्सेली राष्ट्रपति

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनले युरोपेली संघको सदस्यता प्राप्त गर्न अझै धेरै प्रक्रिया बाँकी रहेको बताएका छन् ।

युक्रेनको ठूलो कृषि क्षेत्रलाई युरोपेली संघमा स्वागत गर्दा फ्रान्सका किसानमा पर्ने असरबारे सोधिएको प्रश्नको जवाफ दिँदै म्याक्रोनले तयारी गर्न अझै समय बाँकी रहेको प्रतिक्रिया दिएका हुन् ।

‘हामी युक्रेनको इयुमा हुने भनिएको प्रवेशबाट धेरै टाढा छौं कुनै पनि अवस्थामा विस्तार गर्नुपर्ने भए पनि हाम्रा नियममा गहिरो सुधार आवश्यक हुनेछ र यो ठूलो कोष वृद्धिबाट मात्र सम्भव हुनेछ’, उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *