देश

बालकृष्ण खाण अख्तियारमा

काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ ।

खाणलाई सम्पत्ति शुद्धीकरण विभागबाट अख्तियारमा लगिएको हो ।

थुनामा रहेका खाणलाई उच्च अदालत पाटनले ३० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनले काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएका थिए । त्यस लगत्तै उनलाई सम्पति शुद्धीकरण विभाग लगिएको थियो ।

खाणसँग विभागले १५ लाख रकम माग गरेको थियो । सो रकम बुझाएका खाणलाई अहिले अख्तियारमा लगिएको हो ।

अख्तियारले उनीसँग धरौटी वा सामान्य तारेखमा छाडने निर्णय गरेपछि उनी आजै थुनामुक्त हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *