मुख्य समाचार

खाँणलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगियो

काठमाडौं । नक्कली भुटानी शणार्थी प्रकरणमा उच्च अदालतको आदेशमा धरौटीमा रिहा हुन लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले धरौटी बुझाएका छन् । शुक्रबार उच्च अदालत पाटनको आदेशअनुसार खाँणले जिल्ला अदालत काठमाडौंमा ३० लाख धरौटी बुझाएका हुन् ।

अहिले खाँणलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगिएको छ । केन्द्रीय कारागार प्रशासनले खाँणलाई विभागमा उपस्थित गराएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्नुपर्ने प्रहरीले राय दिएको थियो । यसैले खाँणमाथि विभाग र अख्तियारले पुन : अनुसन्धान गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *