विश्व

अमेरिकाको लसभेगासमा गोली चल्दा ३ जनाको मृत्यु, आक्रमणकारी पनि मारिए

काठमाडौं।अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

प्रहरी कारबाहीमा सन्दिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन । लसभेगास शहरको प्रहरीले बुधबार बिहान भएको यो घटनाबारे सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको हो ।

गोली चल्नुको कारण खुलेको छैन । प्रहरीले अहिले स्थिति नियन्त्रणमा रहेको र कुनै खतरा नरहेको जनाएको छ । ह्वाइट हाउसले पनि लसभेगासको स्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

सन् २०१७ मा पनि अमेरिकाको लसभेगासमा एक बन्दुकधारीले गोली चलाउँदा ८ जनाको मृत्यु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *