देश

एपिवान टिभीले रोक्यो दुर्गा प्रसाईंको अन्तर्वार्ता, भुषण दाहाल असन्तुष्ट

काठमाडौं ।  एपिवान टेलिभिजनले दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रसारण रोकेको छ। ब्राभो डेल्टा शो नामक कार्यक्रमका लागि भुषण दाहालले लिएको प्रसाईंसँगको अन्तर्वार्ता अन्तिम समयमा प्रसारण रोकिएको हो।

दाहालले ट्विटरमा दिएको जानकारीअनुसार व्यवस्थापनको हवाला दिँदै कार्यक्रम प्रसारण नहुने जानकारी उनलाई दिइएको छ। दाहालले भनेका छन्, ‘वाह! लोकतन्त्र। ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपिवान एचडीबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।’कार्यक्रम आज बेलुका ९ बजे प्रसारण हुने तालिका थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *