खेलकुद

विश्वकपमा बंगलादेशले पहिलो पटक श्रीलंकालाई हरायो

काठमाडौँ । बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ । जारी क्रिकेट विश्वकपमा सोमबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २८० रनको लक्ष्य पछाएको बंगलादेशले ४१.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यसअघि पहिला ब्याटिंग गर्दै श्रीलंकाले ४९.३ ओभरमा अल आउट हुदै २७९ रन बनाएको थियो ।

यो बंगलादेशको यस विश्वकपमा दोस्रो जित हो । यो जितपछि बंगलादेशको ८ खेलमा ४ अंक भएको छ र अंकतालिकामा सातौं स्थनमा उक्लिएको छ ।

बंगलादेशले आइसीसी क्रिकेट विश्वकपमा श्रीलंकालाई पराजित गरेको यो पहिलो पटक हो ।

त्यसैगरी श्रीलंकाको यस विश्वकपमा यो छैटौं हार हो । यो हारपछि ८ खेलमा श्रीलंकाको ४ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ ।

बंगलादेश र श्रीलंका दुवै सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । अब बंगलादेशले आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाको सामना गर्ने छ भने श्रीलंकाले न्यूजील्याण्डको सामना गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *