काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एएस रोमाले लिचेलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा २ गोल गर्दै रोमाले रोमान्चक जित हासिल गरेको हो ।
रोमाको जितमा रोमेलु लुकाकु र सरदार अजमोउनले एक एक गोल गरेका थिए । त्यस्तै लिचेका लागि पोंटउस अल्मभिस्टले एक गोल गरेका थिए ।
रोमाको यस सिजनमा यो पाँचौं जित हो । यो जितपछि रोमाको ११ खेलमा १७ अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ । त्यसैगरी लिचेको भने ११ खेलमा १३ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।




