खेलकुद

जितपछि अल नासर लिगमा दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल फेइहालाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा अल नासरले अल फेइहालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा टालिस्काले २ गोल गरेका थिए भने एक गोल ओटाभियोले गरेका थिए । त्यसैगरी अल फेइहाका लागि एक गोल हुसैन अल शुवाइशले गरेका थिए ।

यो अल नासरको यस सिजनमा आठौँ जित हो । ११ खेलमा २५ अंक हासिल गरेको अल नासर लिगको दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको अल हिलालको ११ खेलमा २९ अंक रहेको छ ।

त्यसैगरी अल फेइहाको भने ११ खेलमा १४ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *