काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा.बद्री केसी विजयी भएका छन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । डा.केसी १,३७८ मतसहित विजयी हुँदा शर्माले १,२८१, श्रेष्ठले १,२२५ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
काठमाण्डौंस्थित होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन भएको हो । संगठनको उपाध्यमा डा. हेम राज शर्मा (२,२६५), रोविन शेरचन (२,१८०), रामशरण सिमखडा (१,५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१,९००) र डा.विनोद श्रेष्ठ (१,५६०) मतसहित निर्वाचित भएका छन् ।
यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १,९४७ मत प्राप्त गरेर विजयी भइन् भने सोही पदमा यसमिन वेगम सैयदले १,९१४ मत प्राप्त गरिन् । यस्तै युवा उपाध्यक्षमा रोशन थापाले २,४६८ मत प्राप्त गरेर विजयी भ ए। सो पदमा अब्दुल बासिदले १,३२२ मत प्राप्त गरेका छन् । संघको महासचिवमा गौरीराज जोशीले २,०३७ मत प्राप्त गरेर विजयी भए । महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १,८१८ मत प्राप्त गरेका छन् ।
यस्तै उपमहासचिवमा सोम सापकोटा (१,७९०) र प्रविन गुरुङ (२,१५०) मतसहित विजयी भए । ६ सचिव पदमा भिम केसी कमल (१,६७३), डा. ज्ञानेन्द्र रेग्मी (१,७८२), मनोज कुमार श्रेष्ठ (२,०२४), डा. नवराज रोस्यारा (१,८५३), पारमणी पोखरेल (१,६५१) र स्वतन्त्र प्रताप शाह (१,६६६) विजयी भएका छन् ।
महिला सचिवमा टीक गुरुङ, राधिका (२,३२०) विजयी भइन् । सोही पदमा विमला सापकोटाले १,५३९ मत प्राप्त गरिन् । संघको कोषाध्यक्षमा सुदन थापाले १,९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगानाले १,९१२ मत प्राप्त गरे ।
यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना (२,०१५), अभिमन्यू बस्नेत २,०८१) र तिलकप्रसाद गैरे (२,२३२) मत प्राप्त गरेर विजयी हासिल गरे । यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २,२८७ मत प्राप्त गरेर विजयी भइन् । उनीकी प्रतिद्धन्द्धी तृष्णा शर्माले १,५२२ मत प्राप्त गरिन् ।
यस्तै अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २,३३६ मत प्राप्त गरेर विजयी भइन् । सोही पदमा देविका खत्री गुरुङले १,५२४ मत ल्याइन् । यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २,०३६ मत प्राप्त गरेर विजयी भए । सोही पदमा रविन अधिकारीले १,७६५ मत प्राप्त गरे ।
एनआरएनएको मत परिणाम घोषणासँगै तनाव, सिस्टम ह्याक गरेको आरोप
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको छ । पराजित उम्मेदवारहरुले सिस्टम ह्याक गरेको आरोप लगाउँदै मत परिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने समर्थकहरुले चर्को नाराबाजी गरेका छन् । भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा प्रभावित गरेको अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छ्न् । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् ।




