विश्व

गाजाको अस्पताल आक्रमणपछि मध्यपूर्वमा तनाव, बाइडेनसँगको शिखर वार्ता रद्द

काठमाडौँ । इजरायल-हमास युद्धको बीचमा गाजाको एक अस्पतालमा भएको आक्रमणपछि मध्यपूर्वमा तनाव थप बढ्न सक्ने देखिएको छ ।

इजरायलले गाजास्थति अस्पतालमा आफुले आक्रमण नगरेको बताउदै हमासले इजरायलतर्फ प्रहार गरेको रकेट लन्च फेल हुदा अस्पतालमा खसेको बताएको छ । सामाजिक संजालमा जारी भिडियोमा पनि अप्स्तल नजिकबाटै प्रहार गरिएको रकेट उडेपछि अस्पतालमा खसेको देखिन्छ । तर यसको आधिकारिकता स्वतन्त्ररुपमा पुष्टि भने भएको छैन ।

गाजास्थित अस्पतालमा भएको यो आक्रमणमा कम्तिमा ५०० जनाको मृत्यु भएको बताइएको छ । यो आक्रमणपछि जोर्डनले आयोजना गर्न लागेको अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको अरब नेताहरुको शिखर सम्मेलन स्थगित गरिएको छ भने प्यालेस्टाइन राष्ट्रपति मोहमुद अब्बासले बाइडेनलाई भेट्ने कार्यक्रम रद्ध गरेका छन् ।बाइडेन इजरायलका लागि अमेरिकाबाट हिडिसकेका छन् ।

गाजाको अस्पतालको आक्रमणपछि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, इजिप्ट, जोर्डन र टर्कीले इजरायलले गाजा शहरको अल-अहली अरब अस्पतालमा बम विष्फोट गरेको आरोप लगाएका छन् । तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासका बर्बर आतंककारीलाई हमलाको जिम्मेवारी दिएका छन् ।

जोर्डनका विदेशमन्त्री अयमान सफादीले बुधबार जोर्डनका राजा अब्दुल्लाह, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बाससँग अमेरिकी राष्ट्रपति बाइडेनसँगको सम्मानमा हुने शिखर वार्ता रद्द भएको घोषणा गरेका छन् ।

हमास नेता इस्माइल हनियाले एक नाटकीय बयानमा आक्रमणको लागि अमेरिकालाई दोष दिए र इजरायलले अमेरिकाको समर्थनका कारण आक्रामक मनोवृत्ति देखाएको आरोप लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *