खेलकुद

क्रिकेट विश्वकपमा नेदरल्याण्डस र दक्षिण अफ्रिकाको भिडन्त

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज नेदरल्याण्डस र दक्षिण अफ्रिकाबीच खेल हुदैछ । भारतको धर्मशालास्थित हिमान्चल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदैछ ।

जारी क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले आफ्ना शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ भने नेदरल्याण्डसले भने आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।

दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १०२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा अस्ट्रेलियालाई १३४ रनले पराजित गरेको थियो । त्यसैगरी नेदरल्याण्डस आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा न्यूजील्याण्डसँग ९९ रनले पराजित भएको थियो ।

दक्षिण अफ्रिका र नेदरल्याण्डसबीच अहिलेसम्म ७ पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा ६ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ भने एक खेल बिना नतिजा सकिएको थियो ।

यस विश्वकपमा दक्षिण अफ्रिका राम्रो लयमा देखिएको छ । ब्याटिंग, बलिङ र फिल्डिङमा दक्षिण अफ्रिकाले राम्रो प्रदर्शन गरिरहेको देखिन्छ । अर्कोतर्फ नेदरल्याण्डसले लगातार दुई खेलमा हार बेहोरेपछि दक्षिण अफ्रिकालाई सरप्राइज दिने तयारीमा छ तर यसका लागि उसले ठुलो मिहिनेत भने गर्नुपर्ने देखिन्छ ।

दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ ११ : टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), हेनरिक क्लासेन, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, कागिसो रबाडा, केशब महाराज, कागिसो रबाडा, गेराल्ड कोएत्जी र मार्को जेन्सेन ।

नेदरल्याण्डसको सम्भावित प्लेइङ ११: स्कट एडवर्ड्स (कप्तान), विकेटकीपर), कोलिन एकेर्मन, बास डे लीडे, आर्यन दत्त, तेजा निदामानुरु, म्याक्स ओडाउड, विक्रमजीत सिंह, लोगान भ्यान बेक, रोलोफ भ्यान डर मर्वे, पल भ्यान मिकरेन र साकिब जुल्फिकार ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *