खेलकुद

नेपालको यू- १९ प्रिमियर कपमा लगातार दोस्रो जित

काठमाडौँ । नेपालले एसीसी यू- १९ प्रिमियर कप अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार सम्पन्न खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

बहराइनले दिएको ७८ रनको लक्ष्य पछाएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पहिलो ओभरमा २ विकेट गुमाएको नेपालले १० रन बनाउदै तेस्रो विकेट पनि गुमाएपछि कप्तान देव खनाल र अर्जुन कुमालले नेपालको ब्याटिंग सम्हाल्दै जित दिलाएका थिए । देव खनालले अविजित ३० रन बनाए भने अर्जुन कुमालले अविजित ३२ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाएर अल आउट भएको थियो ।

बहराइनलाई अलआउट गर्न नेपाली बलर दिपेस कँडेलले ६ विकेट लिएका थिए । दिपेसले ९.५ ओभरमा ८ ओभर मेडनसहित ४ रन दिएर ६ विकेट लिएका थिए । त्यसैगरी दुर्गेस गुप्ताले ८ ओभरमा एक मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए ।

यो जितपछि नेपालको सेमिफाइनल यात्रा लगभग सुनिस्चित भएको छ । नेपालले अब अर्को खेल कार्तिक २ गते साउदी अरेविया खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *