खेलकुद

अफगानिस्तान र इङल्याण्ड खेल्दै

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज अफगानिस्तान र इङल्याण्डबीच खेल हुदै छ । भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुने छ ।

जारी क्रिकेट विश्वकपमा इङल्याण्डले आफ्ना दुई मध्ये एक खेलमा जित र एक हार बेहोर्दै औसत शुरुवात गरेको छ भने अफगानिस्तानले आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ ।

इङल्याण्डले आफ्नो पहिलो खेल न्यूजील्याण्डसँग ९ विकेटले हार बेहोरेको थियो भने दोस्रो खेलमा बंगलादेशलाई १३७ रनले पराजित गरेको थियो ।

त्यसैगरी अफगानिस्तानले भने पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले हार बेहोरेको थियो भने दोस्रो खेलमा भारतसँग हार बेहोरेको थियो ।

यस विश्वकपमा दुवै टिमको यो तेस्रो खेल हो । यस खेलमा डिफेन्डिङ च्याम्पियन इङल्याण्डले जित हासिल गरेर विजयी लय देखाउन चाहन्छ भने अफगानिस्तान भने यस विश्वकपमा पहिलो जितकै खोजीमा रहेको छ ।

दुवै देशबीच अहिलेसम्म केवल २ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवै खेल इङल्याण्डले जितेको छ । दुवै देश २०१९ को जुनपछि पहिलो पटक एकदिवसीय खेल खेल्दैछन् ।

अफगानिस्तानको सम्भावित प्लेइङ ११- हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, नजिबुल्लाह जद्रान, अज्मातुल्लाह ओमरजाई, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान, फजलहक फारुकी, र नवीन उल हक ।

इङल्याण्डको सम्भावित प्लेइङ ११- जोस बटलर (कप्तान), जोनी बैरस्ट्रव, डविड मलान, जो रुट, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिङस्टोन, क्रिस वोक्स, साम कुरान, अदिल राशिद र मार्क वूड ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *