खेलकुद

क्रिकेट विश्वकपमा पाकिस्तानमाथि भारतको शानदार जित

काठमाडौँ । भारतले जारी आइसीसी क्रिकेट विश्वकपमा लागातर तेस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले यस विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको हो ।

पाकिस्तानले दिएको १९२ रनको लक्ष्य पछ्याएको भारतले ३०.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्बाधिक ८६ रन बनाएका थिए भने श्रेयस अय्यरले अविजित ५३ रन बनाएका थिए । त्यसैगरी शुभमन गिल र विराट कोहलीले १६-१६ रन बनाए भने केएल राहुलले अविजित १९ रन बनाए ।

त्यसैगरी पाकिस्तानका बलर शाहिन शाह अफ्रिदीले २ विकेट लिए भने हसन अलिले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तान ४२.५ ओभरमा अल आउट हुदै १९१ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आज़मले सर्वाधिक ५० रन बनाए भने मोहम्मद रिज़वान ४९ रनमा आउट भएका थिए । एक समय केवल ३ विकेट गुमाएर १५५ रन बनाएको पाकिस्तानको टिम त्यसपछि सम्हालिन नसक्दा १९१ रनमै अल आउट भएको थियो ।

त्यसैगरि भारतीय बलर जसप्रित बूमराह, मोहम्मद सिराज, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा र कुलदीप यादवले २-२ विकेट लिएका थिए ।

यो जितपछि भारतको ३ खेलमा ६ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी पाकिस्तानको भने ३ खेलमा ४ अंक रहेको छ ।

अब भारतले आफ्नो चौथो खेल आगामी विहिबार बंगलादेशविरुद्ध खेल्ने छ भने पाकिस्तानले अर्को खेल शुक्रबार अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *