काठमाडौँ । न्यूजील्याण्डले जारी आइसीसी क्रिकेट विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा न्यूजील्याण्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो ।
बंगलादेशले दिएको २४६ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४२.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाउदै २४५ रन बनाएको थियो । यो जितपछि न्यूजील्याण्डको ३ खेलमा ६ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी बंगलादेशले भने तीन खेलमा दोस्रो हार बेहोरेको छ । बंगलादेशको ३ खेलमा २ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।
अब न्यूजील्याण्डले अक्टोबर १८ मा अफगानिस्तानसँग खेल्ने तालिका छ भने बंगलादेशले अक्टोबर १९ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।




