काठमाडौँ । बंगलादेशले न्यूजील्याण्डलाई २४६ रनको मध्यम लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाउदै २४५ रन बनाएपछि न्यूजील्याण्डलाई २४६ रनको लक्ष्य दिएको हो ।
बंगलादेशका लागि मुशफिकुर रहिमले सर्बाधिक ६६ रन बनाएका थिए भने कप्तान शकिब अल हसनले ४०, मेहिदी होसैन मिराजले ३०, तस्किन अहमदले १७, तान्जिद हसनले १६ रन बनाएका थिए । त्यसैगरी मह्मुदुल्लाहले अविजित ४१ रन बनाएका थिए ।
त्यसैगरी न्यूजील्याण्डका बलर लुकी फर्गुसनले सर्बाधिक ३ विकेट लिए भने ट्रेन्ट बोल्ट, माट हेनरीले २-२ विकेट तथा मिचेल सान्टनर र ग्लेन फिलिपले एक एक विकेट लिएका थिए ।




