विश्व

युद्धका बिच अमेरिकी विदेशमन्त्री ब्लिंकन इजरायलमा

काठमाडौँ । इजरायल र हमासबीच युद्ध जारी रहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन इजरायल पुगेका छन् ।

विदेशमन्त्री ब्लिंकन विहिबार केहीबेर अघि तेलअभिभ पुगेका हुन् । तेलअभिभमा ब्लिंकनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यानाहूसँग भेटवार्ता गर्ने बताएका छन् । ब्लिंकनले इजरायलसँग गाजामा मानवीय कोरिडोर खोल्ने विश्वमा छलफल गर्ने अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । अमेरिकाले गाजामा रहेका आम नागरिकलाइ इजिप्टको बाटो हुदै बाहिर निस्किन अनुमति दिनुपर्ने बताएको छ ।

यसैबीच ब्लिंकनले प्यालेस्टाइनका राष्ट्रपति महमोउद अब्बाससँग पनि भेटवार्ता गर्ने सिएनएनले बताएको छ । ब्लिंकनले अब्बासलाई शुक्रबार भेट गर्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *