खेलकुद

इङल्याण्डले बंगलादेशलाई दियो ३६५ रनको लक्ष्य

काठमाडौँ । भारतमा जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आजको पहिलो खेलमा इङल्याण्डले बंगलादेशलाई ३६५ रनको लक्ष्य दिएको छ । धर्मशालास्थित क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३६४ रन बनायो ।

इङल्याण्डका लागि डेवीड मालनले शतकिय पारि खेले । उनले १०७ बलमा १४० रन बनाए । यस्तै जोय रुटले ८२, जोनी ब्रिस्टो ५२, कप्तान जोश बट्लर र हेरि ब्र्रुकले २०–२० रन बनाए । बंगलादेशका लागि मेहेदि हसले ४ विकेट लिए । यस्तै शोरिफुल इस्लाम ३ तथा शकिव अल हसन र टस्किन अहमदले एक–एक विकेट लिए ।

यस विश्वकपमा बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेर विजयी शुरुवात गर्दै दोस्रो खेल खेल्दै छ भने डिफेन्डिङ च्याम्पियन इङल्याण्डले भने आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो ।

दुवै देश अहिलेसम्म २४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आमने सामने भएका छन्, जसमा इङल्याण्ड १९ पटक विजयी भएको छ भने बंगलादेशले ५ खेलमा जित हासिल गरेको छ ।

पाकिस्तानको सम्भावित प्लेइङ ११– बाबर आजम (कप्तान), शाडाब खान, फखर जमान, हरिस रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम उल हक, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकीपर), साउद शकील र शाहीन शाह अफ्रिदी ।

श्रीलंकाको सम्भावित प्लेइङ ११– दासुन शानाका (कप्तान), कुसल मेन्डिस (उपकप्तान), कुसल परेरा, सदिरा समरविक्रमा, चारिथ असालान्का, धनन्जया डी सिल्भा, महीश थिकक्षना, दुनिथ वेलालगे, कसुन राजिथा, मथीसा पथीराना र दिलशान मदुशंका ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *