खेलकुद

शुभमन गिलले विश्वकपको दोस्रो खेलपनि गुमाउने

काठमाडौं । भारतीय क्रिकेटर शुभमन गिलले आइसीसी विश्वकपको दोस्रो खेलपनि गुमाउने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले डेंगु भएका गिल अहिले पनि चेन्नईमा उपचारत रहेको भारतको बुधबार दिल्लीमा हुने अफगानिस्तानविरूद्धको खेल गुमाउने जानकारी दिएको हो । अस्ट्रेलियाविरुद्धको खेल अघि डेंगु भएपछि गिलले सो खेल गुमाएका थिए ।

पछिल्लो समय भारतका सबैभन्दा सफल ब्याट्सम्यान गिल बिना भारतले अस्ट्रेलियामाथि शानदार जित हासिल गर्दै विश्वकपमा सुखद शुरुवात गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *