काठमाडौँ । यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी महिला अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई दिने निर्णय गरिएको छ । नोबेल पुरस्कार समितिले सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ७७ बर्षिय महिला अर्थशास्त्री क्लाउडियालाई दिने घोषणा गरेको हो ।
क्लाउडियाले महिलाको श्रम बजारमा हुने भेदभावको बारेमा गरेको अध्ययनका लागि नोबेल पुरस्कार दिइएको हो ।
योसँगै यस बर्षको नोबेल पुरस्कारको घोषणा सकिएको छ ।
यसवर्ष इरानकी नरगेस मोहम्मदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिइएको थियो भने साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक जोन फोसलाई प्रदान गरिएको थियो । त्यस्तै यस बर्षको रसायनशास्त्रको नोबेल पुरस्कार मौंगी बावेन्डी, लुइस ब्रुस, एलेक्सी एकिमोभलाई प्रदान गरिएको थियो भने भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली–स्विडिश एनी एलहुइलियरलाई प्रदान गरिएको थियो । त्यस्तै चिकित्सातर्फको नोबेल पुरस्कार काटालिन करिको र ड्रेयू वाइजम्यानलाई दिइएको थियो ।




