खेलकुद

क्रिकेट विश्वकपमा आज न्यूजील्याण्ड र नेदरल्याण्डसबीच भिडन्त

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज न्यूजील्याण्ड र नेदरल्याण्डसबीच भिडन्त हुदै छ । हैदरावादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ ।

जारी विश्वकपमा सबै देशले पहिलो खेल खेलेका छन् भने आजदेखि दोस्रो खेल शुरु हुदै छन् । पहिलो खेलमा न्यूजील्याण्डले इङल्याण्डलाई पराजित गरेर विश्वकपमा सुख शुरुवात गरेको छ भने नेदरल्याण्डस भने पाकिस्तानसँग हार बेहोरेको थियो ।

न्यूजील्याण्ड र नेदरल्याण्डसबीच अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म ४ खेल भएका छन् भने चारै खेल न्यूजील्याण्डले जितेको छ ।

यस खेलमा नेदरल्याण्डस आफ्नो पहिलो जितको खोजीमा हुने छ भने न्यूजील्याण्डले आफ्नो जितलाई निरन्तरता दिदै अगाडी बढ्न चाहने छ । न्यूजील्याण्डका नियमित कप्तान केन विलियम्सन यस खेलमा खेल्ने सम्भावना रहेको छ । उनी विश्वकपका अभ्यास खेलमा ब्याटिंग गरेपनि इङल्याण्डविरुद्धको पहिलो खेल खेलेका थिएनन् ।

नेदरल्याण्डसको सम्भावित प्लेइङ ११: स्कट एडवर्ड्स (कप्तान), विकेटकीपर), कोलिन एकेर्मन, बास डे लीडे, आर्यन दत्त, तेजा निदामानुरु, म्याक्स ओडाउड, विक्रमजीत सिंह, लोगान भ्यान बेक, रोलोफ भ्यान डर मर्वे, पल भ्यान मिकरेन र साकिब जुल्फिकार ।

न्यूजील्याण्डको सम्भावित प्लेइङ ११- टम लाथम (कप्तान), डेभोन कोनवे, विल योङ, रचिन रविन्द्र, डार्यल मिचेल, ग्लेन फिलिप, मार्क चापम्यान, जिम्मी नीशाम, मिचेल सान्टनर, माट हेनरी र ट्रेन्ट बोल्ट ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *