काठमाडौँ । दक्षिण अफ्रिकाले जारी विश्वकपमा शानदार शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले पराजित गर्दै विश्वकपमा विजयी शुरुवात गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको ४२९ रनको लक्ष्य पछाएको श्रीलंका ४४.५ ओभरमा ३२६ रन बनाएर अल आउट भएको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाउदै ४२८ रन बनाएको थियो ।
यस खेलमा कैयौं किर्तिमान समेत बनेका छन् । विश्वकपको एकै खेलमा सर्बाधिक ७५४ रन बनेको छ । त्यस्तै विश्वकपको एक इनिंगमा तीन सतक समेत बनेका छन् । दक्षिण अफ्रिकाका क्वेन्टन डिककले १०० रन बनाएका थिए भने रस्सी भान डेर दुसेनले १०८ रन बनाए भने एडेन मार्क्रमले १०६ रन बनाए । मार्क्रमले ४९ बलमा शतक बनाउदै विश्वकप क्रिकेटको इतिहासमै तिब्र शतक बनाएका थिए ।
यो जितसँगै दक्षिण अफ्रिकाले महत्वपूर्ण २ अंक हासिल गरेको छ ।
अब श्रीलंकाले अर्को खेल अक्टोबर १० मा पाकिस्तानविरुद्ध खेल्ने छ भने दक्षिण अफ्रिकाले अर्को खेल अक्टोबर १२ मा अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका रहेको छ ।




