खेलकुद

करातेकी एरिकाले एशियन गेम्समा जितिन् रजत पदक

काठमाडौँ । नेपाली कराते खेलाडी एरिका गुरुङ १९औं एशियन गेम्सको महिला ६८ केजी तौल समूहमा रजत पदक जितेकी छन् । फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग ३-० ले पराजित हुदै रजत पटक जितेकी हुन् ।

नेपालले एशियन गेम्समा करातेमा रजत पदक जितेको यो पहिलो पटक हो । यसअघि नेपालले सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडीङ टोलीले रजत पदक जितेको थियो ।

यो यस एशियन गेम्समा नेपालले जितेको पहिलो रजत पदक हो भने कुल पदकमा दोस्रो पदक हो ।

नेपालले यस एशियन गेम्समा यस अघि महिला कबड्डीमा कास्य पदक जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *