खेलकुद

डियाज र जोसेलुको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लास पलमासलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले लास पलमासलाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा ब्राहिम डियाज र जोसेलुले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको ७ खेलमा १८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी लास पलमासको भने ७ खेलमा ५ अंक छ र लिगमा १७औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *