खेलकुद

साफ यू-१९ च्याम्पियनसिप: माल्दिभ्सविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ । साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले आज माल्दिभ्सको सामना गर्दै छ । दशरथ रंगशालामा खेल अपराहन्न साढे १ बजेदेखि शुरु हुदैछ ।

समुह ए बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ भने अब नेपाल र माल्दिभ्सबीचको विजेता सेमिफाइनलमा पुग्ने छ ।

शनिबार पाकिस्तान र माल्दिभ्सबीचको खेल १-१ गोलको बराबरी खेलेपछि पाकिस्तानलले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । यसअघि पहिलो खेलमा पाकिस्तानले नेपाललाई पराजित गरेको थियो । पाकिस्तानको २ खेलमा ४ अंक भएको छ ।

त्यस्तै माल्दिभ्सको एक खेलमा एक अंक रहेको छ र नेपालको एक खेलमा शुन्य अंक रहेको छ । अब आज हुने नेपाल र माल्दिभ्सबीच खेलको विजेता सेमिफाइनलमा पुग्ने भएको छ । नेपालले सेमिफाइनलमा स्थान बनाउन सो खेल जित्नै पर्ने भएको छ भने बराबरीमा रोकिएमा माल्दिभ्स सेमिफाइनलमा पुग्ने छ ।

त्यस्तै समुह बी बाट भारत र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । बंगलादेशले आफ्ना दुवै खेलमा हार बेहोरेपछि समुह बी बाट भारत र भुटान सेमिफाइनलमा पुगेका हुन् । यद्यपी समुह चरणमा आजै भारत र भुटानबीच पनि साढे ५ बजेदेखि खेल हुदै छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *