राजनीति

शिक्षा विधेयक संशोधन सर्वस्वीकार्य बनाउने कांग्रेसको प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसले संसदमा दर्ता भएको विधेयकलाई सर्वस्वीकार्य हुने संशोधन गर्ने प्रतिवद्धता जनाएको छ ।

शिक्षा विधेयक विरुद्ध शिक्षक महासंघले गरेको तेस्रो दिनको आन्दोलन चलिरहँदा कांग्रेसले केन्द्रीय समितिको निर्णयबाट सरोकारवालालाई परिमार्जन गर्ने आश्वस्त पारेको छ । विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लगायतमा संविधानको मर्मलाई आत्मसाथ गर्न नसकेको कांग्रेसको ठहर छ ।

पार्टी बैठककै विचमा शिक्षक महासंघको आन्दोलनप्रति चासो देखाउँदै कांग्रेसले केन्द्रीय समितिको बैठक सकिनु अघि नै उक्त विषयमा निर्णय सार्वजनिक गरेको छ ।

बैठकको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षक र कर्मचारीहरुको जायज र उपयुक्त मागलाई सम्बोधन गर्न विधेयकले नसकेको बताए । ‘यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन संशोधन गर्नुपर्ने विषयहरु धेरै छन् ।’ महामन्त्री शर्माले भने,‘संसदमा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्व स्विकार्य बनाउने प्रतिवद्धता जाहेर गर्दछौं ।’

 

हिजोदेखि जारी केन्द्रीय समिति बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यले शिक्षकहरुको आन्दोलनका सम्बोधनमा धारणा राखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *