खेलकुद

एशिया कपको सुपर फोरको अन्तिम खेलमा भारत र बंगलादेश भिड्दै

काठमाडौँ । एशिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच खेल हुदै छ ।

श्रीलंकाको आर प्रेमदासा स्टेडियममा यो खेल अपराहन्न ३: १५ बजेदेखि शुरु हुदै छ ।

प्राविधिक रुपमा यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन । किनकी भारत यसअघि नै एशिया कपको फाइनलमा पुगिसकेको छ भने बंगलादेश एशिया कपको फाइनलको दौडबाट यसअघि नै बाहिरिइसकेको छ ।

बंगलादेशले यसअघि खेलेको पाकिस्तान र श्रीलंकासँग हार बेहोरेको थियो भने भारतले पाकिस्तान र श्रीलंकादुवैलाई पराजित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *