खेलकुद

नेपाल क्रिकेट संघको केन्द्रीय अधिवेशन असोज पहिलो साता काठमाडौंंमा हुने

काठमाडौं । नेपाल क्रिकेट संघको केन्द्रीय कार्यसमिति चयनका लागि संघको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोजको पहिलो साता हुने भएको छ । क्रिकेटसंघको केन्द्रीय अधिवेशन आगामी असोज ५ /६ गते काठमाडौंको एभरेष्ट होटेल, नयाँ बानेश्वर मध्यान १२ः ०० बजे हुने निश्चित भएको हो ।

नेपाल क्रिकेट संघको विधान बमोजिम केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु तथा प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा स्कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट केन्द्रीय साधरण सभाको लागि चयन भई आउने प्रतिनिधिहरुको उपस्थितिका सुचना जारी गरेको नेपाल क्रिकेट संघले बिहिबार जारी गरेको सुचनमा उल्लेख छ । बन्दसत्रका एजेण्डाहरुमा आ.व. २०७९/०८० को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन, आ.व. २०८०/०८१ को वार्षिक लेखापरीक्षणको लागी लेखा परिक्षक नियुक्ती र संघको विधान रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *