देश

सुवास नेम्वाङको अन्त्येष्टि पर्सी बिहीबार, सोही दिन सार्वजनिक बिदा

काठमाडौं।संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने भएको छ ।

हृदयघातबाट मंगलबार बिहान निधन भएका नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको हो ।

सोही दिन सरकारले सार्वजनिक बिदा दिने निर्णयसमेत गरिसकेको छ ।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ ।

उनीप्रति पूर्वराष्ट्रपति, प्रधानमन्त्री तथा नेताकार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *