काठमाडौं । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ। केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि सुरु महोत्सव नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भए पछि स्थगित गरिएकाे हाे ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिपी साहित्य महोत्सव स्थगित गरिएको जानकारी दिए । संविधानसभाका तत्कालीन अध्यक्ष, नेकपा एमालेका नेता सुवास नेम्वाङको गए राति निधन भएपछि महोत्सव स्थगित गरिएकाे उनले बताए ।
बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।





