खेलकुद

पाकिस्तानी बलर राउफ घाइते, भारतविरुद्ध बलिङ नगर्ने

काठमाडौँ । पाकिस्तानका तिब्र गतिका बलर हरिस राउफ घाइते भएका छन् । आइतबार भारतविरुद्ध बलिङ गर्ने क्रममा असहज महसुस गरेका राउफले आज जारी भारतविरुद्धको खेलमा बलिङ नगर्ने पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।

बोर्डले राउफको एमआरआई गरिएको र आउदै गरेको विश्वकपलाई ध्यानमा राख्दै उनलाई चिकित्सकको निगरानीमा राखिएको बताएको छ ।

एशिया कपको सुपर फोर अन्तर्गतको भारत र पाकिस्तानविरुद्धको यो खेल आइतबार बर्षाले अवरुद्ध भएपछि ‘रिजर्भ डे’ का लागि सारिएको थियो । आज पनि वर्षाले समयमा शुरु हुन नसकेपनि अहिले भने खेल जारी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *