खेलकुद

आज पनि वर्षा, भारत र पाकिस्तानबीचको खेल समयमा शुरु हुन सकेन

काठमाडौँ । एशिया कप अन्तर्गत सुपर फोर अन्तर्गतको आइतबार रोकिएको भारत र पाकिस्तानबीचको खेल आज पनि समयमा शुरु नहुने भएको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा निरन्तर वर्षा भएपछि आज ‘रिजर्भ डे’ मा पनि खेल समयमा सुचारु हुन नसकेको हो । आइतबार २४.१ ओभर मात्र खेलपछि वर्षा भएपछि खेल रोकिएको थियो । आज पनि खेल हुन नसकेमा दुवै देशले एक एक अंक बाँड्ने छन् ।

यस खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको भारतले २४.१ ओभरमा २ विकेट गुमाउदै १४७ रन बनाएपछि खेल रोकिएको थियो ।

भारतका लागि अहिले केएल राहुल १७ र विराट कोहली ८ रन बनाएर खेलिरहेका छन् । यस अघि भारतका कप्तान रोहित शर्माले ५६ र शुभमन गीलले ५८ रन बनाएर आउट भएका थिए । त्यस्तै पाकिस्तानका बलर शाहिन शाह अफ्रिदी र शडाब खानले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *