खेलकुद

विश्वकप खेल्ने दक्षिण अफ्रिकाको क्रिकेट टिममा को को परे ?

काठमाडौँ । दक्षिण अफ्रिकाले एकदिवसीय क्रिकेट विश्वकपका लागि आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

दक्षिण अफ्रिकाले टेम्बा बाभुमाको कप्तानीमा मंगलबार १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाको टिममा टेम्बा बाभुमा (कप्तान), जेराल्ड कोएत्जी, क्विन्टन डी कक, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, सिसान्डा मगला, केशव महाराज, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, एनरिच नोर्टजे, कागिसो रबाडा, तब्राज रबाडा र रास्सीए भान डेर डुसेन रहेका छन् ।

दक्षिण अफ्रिकाले अक्टोबर ७ मा दिल्लीको अरुण जेटली स्टेडियममा श्रीलंकाविरुद्ध खेल्दै विश्वकप अभियानको सुरुवात गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *