काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्ग पिएसजीले लियोनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले लियोनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने अचरफ हाकिमी र मार्को असेन्सियोले एक एक गोल गरेका थिए । त्यसैगरी लियोनका लागि कोरेन्टिन टोलिसोले एक गोल गरेका थिए ।
यो पिएसजीको यस सिजनको दोस्रो जित हो । यो जितपछि पिएसजीको ४ खेलमा ८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै लियोनले भने यस सिजनमा यो तेस्रो हार बेहोरेको छ । यो खेलपछि लियोनको ४ खेलमा एक अंक रहेको छ ।




