काठमाडौ । आजदेखि महिला टी-२० विश्वकपको एशिया छनौट खेल शुरु हुदै छ ।
मलेसियामा हुने विश्वकपको एशिया कप छनौट खेल आजदेखि देखि सेप्टेम्बर ९ सम्म हुदै छ । एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल समुह ए मा रहेको छ ।
समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।
नेपालले पहिलो खेल आयोजक मलेसियासँग आज खेल्दैछ । खेल नेपाली समय अनुसार ११: ४५ बजेदेखि शुरु हुदै छ ।
त्यस्तै समुह ए का बहराइनले कतार तथा भुटानले युएईविरुद्ध पनि आज खेल्दै छन् ।
नेपालले दोस्रो खेल सेप्टेम्बर १ मा बहराइनविरुद्ध, भुटानविरुद्ध सेप्टेम्बर ३ मा भुटानविरुद्ध, सेप्टेम्बर ४ मा कतारविरुद्ध र सेप्टेम्बर ६ मा युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।
दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।
नेपाली टोलीः
रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी,, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य, खुशी डंगोल ।




