काठमाडौँ । अस्ट्रेलियाले टी-२० सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकालाई १११ रनले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको २२७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका १५.३ ओभरमा ११५ रन बनाएर अलआउट भएपछि खेल १११ रनले हारेको हो ।
यसअघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाउदै २२६ रन बनाएको थियो ।
यो जितपछि अस्ट्रेलिया ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल शुक्रबार खेलिदैछ ।




