काठमाडौँ । पाकिस्तानका कप्तान बाबर आजमले नेपालविरुद्ध शतकीय पारी खेलेका छन् ।
एशिया कप अन्तर्गत नेपालविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्नेक्रममा बाबरले शतक प्रहार गरेका हुन् । बाबरले १०९ बल खेल्दै सय रन बनाएका हुन् ।
बाबरले ५५ रन बनाएर खेलिरहेको बेला करण केसीले क्याच ड्रप गरेपछि जीवनदान पाएका थिए । बाबरको एकदिवसीय क्यारियरको यो १९औं शतक हो ।
त्यस्तै पाकिस्तानका अर्का ब्याट्सम्यान इफ्तिखार अहमदले ४३ बलमा आफ्नो अर्धशतक पुरा गरेका छन् ।




