काठमाडौँ । नेपालले पाकिस्तानविरुद्ध दोस्रो विकेट लिएको छ ।
टस हारेर पहिला बलिङ गरिरहेको नेपालले सोमपाल कामीको बलिङमा रनआउटको रुपमा दोस्रो विकेट लिएको हो ।
खेलको सातौं ओभरमा सोमपालले ५ रन बनाएर खेलिरहेका पाकिस्तानका इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गरेका हुन् ।
यो समाचार तयार गरुन्जेल पाकिस्तानले ६.१ ओभरमा २ विकेट गुमाएर २५ रन बनाएको छ ।




