काठमाडौँ । नेपालले पाकिस्तानविरुद्ध पहिलो विकेट लिएको छ ।
टस हारेर पहिला बलिङ गरिरहेको नेपालका लागि करण केसीले पहिलो विकेट दिलाएका हुन् ।
खेलको छैटौं ओभरमा करणले १४ रन बनाएर खेलिरहेका पाकिस्तानका फखर जमानलाई आउट गरेका हुन् ।
यो समाचार तयार गरुन्जेल पाकिस्तानले ५.३ ओभरमा एक विकेट गुमाएर २१ रन बनाएको छ ।




