खेलकुद

अल अहलीको साउदी लिगमा लगातार चौथो जित

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल अहलीले लगातार चौथो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल अहलीले अल टाईलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अल अहलीको जितमा रियाद महरेज र फ्रान्क कस्सिएले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ३५औँ मिनेटमा अल्फा सैमेड़ोले रारो कार्ड पाएपछि अल टाई १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि अल अहलीको ४ खेलमा १२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।

त्यसैगरी अल टाईको ४ खेलमा ३ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *