खेलकुद

एशिया कपमा उत्कृष्ट प्रदर्शन गर्नसक्ने आइसीसीको ६ खेलाडीको सूचीमा नेपालबाट गुलशन झा

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले बुधबारदेखि शुरु हुन लागेको एशिया कपमा आफ्नो देशका लागि उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ खेलाडीको सूचीमा नेपालबाट गुलशन झालाई समावेश गरेको छ ।

एकदिवसीय अल राउण्ड वरियतामा १०५ स्थानमा रहेका गुलशनले एशिया कपमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्न सक्ने आइसीसीले उल्लेख गरेको छ । 

उनले विश्वकप क्वालिफायरमा वेस्टइन्डिजविरुद्ध ४२, आयरल्याण्डविरुद्ध अविजित ५७, एसीसी इमर्जिङ कपमा भारत ए विरुद्ध ३८ रन बनाएका थिए ।

अहिलेसम्म २२ एकदिवसीय खेल खेलिसकेका गुलशनले ४५२ रन बनाएका छन् । जसमा ३ अर्धशतक सामेल छन् । त्यस्तै बलिङतर्फ उनले २२ खेलका २१ इनिंगमा २१ विकेट नै लिएका छन् ।

यस सुचीमा आइसीसीले पाकिस्तानबाट कप्तान समेत रहेका बाबर आजम, भारतबाट तिब्रगतिका बलर जसप्रित बुमराह, बंगलादेशबाट बलर तस्किन अहमद,  अफगानिस्तानबाट राशिद खान र श्रीलंकाबाट बलर महीश थीक्षाना रहेका छन् ।

बुधबारबाट शुरु हुने एशिया कपमा उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्दै छ । मुल्तान क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *