काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले रायो भल्लेकानोमाथि गोलको वर्षा गरेको छ ।
गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले रायो भल्लेकानोलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा अल्भारो मोराटाले दुई गोल गरेका थिए भने एन्टोनी ग्रीजम्यान, मेम्फिस डिपे, नहुएल मोलिना, एन्जल कोरिया र मार्कस लिओरेन्टेले एक एक फोल गरेका थिए ।
यस सिजनमा एटलेटिको म्याड्रिडको यो दोस्रो जित हो । यो जितपछि एटलेटिको ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै रायो भल्लेकानोको भने यो पहिलो हार हो र ३ खेलमा ६ अंकसहित लिगमा आठौ स्थानमा छ ।




