काठमाडौँ । जर्मनी बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले अगस्बर्गलाई पराजति गरेको छ ।
गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले अगस्बर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा ह्यारी केनले दुई गोल गरेका थिए भने एक गोल अगस्बर्गका फेलिक्स उडुओखैले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै अगस्बर्गका लागि डियोन बेल्जोले एक गोल गरेका थिए ।
जारी नयाँ सिजनमा बायर्नको यो लगातार दोस्रो जित हो । यो जितपछि बायर्नको २ खेलमा ६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी अगस्बर्गको २ खेलमा एक अंक रहेको छ ।




